राष्ट्रपति सबेरै मुटु जँचाउन गंगालाल अस्पतालमा

राष्ट्रपति सबेरै मुटु जँचाउन गंगालाल अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पताल जानुभएको छ । उहाँ मुटुरोगसम्बन्धी जाँचको फलोअपमा आज बिहान सवा ७ बजे त्यहाँ पुग्नुभएको हो ।  

उहाँ अस्ति शनिवार पनि स्वास्थ्य परीक्षणका लागि सोही अस्पताल जानुभएको थियो । आज सबै परीक्षणको फलोअप गर्न लागिएको अस्पतालले जनाएको छ । 

दुई साताअघि उहाँ घुँडाको एक्सरे गर्न महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानुभएको थियो । वैशाख पहिलो साता छातीको इन्फेक्सनको उपचारार्थ १२ दिन नयाँ दिल्लीमा बस्नुभएको थियो ।

टिप्पणीहरू