पाकिस्तानी शिविरमा चार सय बढीको स्वास्थ्य परीक्षण

पाकिस्तानी शिविरमा चार सय बढीको स्वास्थ्य परीक्षण

पाकिस्तानी दूतावासले आयोजना गरेको स्वास्थ्य शिविरमा चार सय जना भन्दाबढीलाई निःशुल्क सेवा दिइएको छ । दूतावासले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ किटिनीस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ सँगको सहकार्यमा हिजो १८ औं निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

दूतावासका चार्जडि अफेयर्स उमैर अली, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले संयुक्त रुपमा शिविरको उद्घाटन गरेका थिए । 

पाकिस्तानका विभिन्न चिकित्सा संस्थाबाट स्नातक गरेका नेपाली डाक्टर तथा मेडिकल स्टाफले सेवा प्रदान गरेको बताइएइको छ । शिविरमा पुरुष, महिला र बालबालिका गरी चार सय बढीले स्वास्थ्य परीक्षण गराएका थिए । 

उनीहरुलाई निःशुल्क उपचारका साथै तीन महिनालाई पुग्ने औषधिसमेत वितरण गरिएको जनाइएको छ । निःशुल्क चिकित्सा शिविर पाकिस्तान र नेपालबीचको घनिष्ठ सम्बन्धको प्रतिबिम्ब भएको आयोजक संस्थाले बताएको छ ।

टिप्पणीहरू