राष्ट्रपति मध्यरातमा अस्पताल भर्ना, टिचिङबाट मनमोहन कार्डियो थेरासिसमा सारियो

राष्ट्रपति मध्यरातमा अस्पताल भर्ना, टिचिङबाट मनमोहन कार्डियो थेरासिसमा सारियो

राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुुको समस्या बल्झेपछि मध्यरातमा अस्पताल भर्ना गरिएको छ । राति २ बजे शीतल निवासबाट उहाँलाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा लगिएको बताइन्छ । 

अस्पतालको एनेक्स ६०२ कोठामा राखेर उपचार गरेपनि बिहान ५ बजे सँगैको मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयुमा सारिएको अस्पतालले जनाएको छ । बेड नम्बर २१५ को क्याबिनमा राखेर उहाँको थप उपचार गरिएको छ ।

मंगलबार बिहान उहाँको गंगालाल अस्पतालमा मुटुको भल्भ खोलिएको थियो । त्यसअघि गत बैशाखमा भारतको नयाँ दिल्लीमा १२ दिनसम्म उपचार गरिएको थियो ।

टिप्पणीहरू