एमआरआईपछि प्रधानमन्त्री पत्नी सीता अस्पतालबाट फिर्ता

एमआरआईपछि प्रधानमन्त्री पत्नी सीता अस्पतालबाट फिर्ता फाइल फाेटाे

स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई नर्भिक अस्पताल पुर्याइएको छ । 

जटिल प्रकारको रोगबाट पीडित सीताको पिसाबमा इन्फेक्सन देखिएपछि आज अपरान्ह नर्भिकमा लगिएको हो । प्रधानमन्त्रीको सचिवालयले भने नियमित स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल लगेको बताएको छ । एमआरआई गरेपछि अहिले सीतालाई अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फिर्ता लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा.डा.युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले सीताको स्वास्थ्य जाँच गरेको जनाइएको छ । त्यसक्रममा प्रधानमन्त्रीले समेत नियमित स्वास्थ्य जाँच गराउनुभएको थियो ।

पीएसपी नामक रोगका कारण लामो समयदेखि थलिनु भएकी सीता दाहाललाई अचेत अवस्थामै प्रधानमन्त्री निवासमै  सामान्य उपचार गरिँदै आएकोमा आज अकस्मात पिसाबमा समस्या देखिएको बताइएको छ ।

टिप्पणीहरू