राष्ट्रपतिको मुटुको भल्भ खोलियो, उपचार जारी

राष्ट्रपतिको मुटुको भल्भ खोलियो, उपचार जारी

राष्ट्रपति रामचन्द्र पौडेलको मुुटुको बन्द भल्भ खोलिएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा आज बिहानदेखि उहाँको मुटुको उपचार गरिएको बताइएको छ । 

उहाँ बिहान ७ बजेको समयमा त्यहाँ पुग्नुभएको थियो । राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपी बेड नम्बर ६ मा राखिएको अस्पतालले जनाएको छ । उहाँलाई कम्तीमा आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो । 

उहाँ अस्ति शनिबार स्वास्थ्य परीक्षणका लागि सोही अस्पताल जानुभएको थियो । आज मुटुको भल्भ फेरिएको छ।

टिप्पणीहरू