स्वास्थ्य क्षेत्रमा सहयाेग गर्न भारत तयार

स्वास्थ्य क्षेत्रमा सहयाेग गर्न भारत तयार

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । मन्त्री गौतम र राजदूत श्रीवास्तवबीच दिउँसो मन्त्रालय भेटवार्ता भएकाे हाे । 

भेटमा मन्त्री गौतमले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन भारतले ठूलो भूमिका खेलेको बताउनुभएको थियो । उहाँले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधारलगायतका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो । 

राजदूत श्रीवास्तवले पनि दुई देशको साझेदारीलाई दिगो र प्रभावकारी बनाउन आफूहरु सधैँ तयार रहेको बताउनुभएको थियो । उहाँले नेपालमा औषधी प्रयोगशालाको स्तरोन्नतीको लागि भवन निर्माण, आवश्यक उपकरण तथा सोको लागि जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

टिप्पणीहरू