पत्थरीको उपचार गर्न लगिएका बिरामीको मृत्यु, आक्रोशित आफन्तजनद्वारा तोडफोड

पत्थरीको उपचार गर्न लगिएका बिरामीको मृत्यु, आक्रोशित आफन्तजनद्वारा तोडफोड

नेपाल मेडिकल कलेज, अत्तरखेलमा बिरामीको निधनपछि आक्रोशित सर्वसाधारणले ढुंगामुढा गरेका छन् । पत्थरीको उपचारको निम्ति अस्पताल पुगेका बिरामीको मृत्युको खबर सुनेपछि उनीहरु क्रुद्ध भएको बताइन्छ । 

सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएका ७० वर्षीय सुवर्णकुमार धितालको उपचारको क्रममा मृत्यु भएपछि आफन्तजनले अस्पतालमा तोडफोड गरेका हुन् । पत्थरीको उपचारको निम्ति सुवर्णलाई अस्ति अस्पताल लगिएको थियो । तर, आज बिहान उपचारको क्रममा उनको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो ।

सुवर्णको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण ज्यान गएको भन्दै गमला तोडफोड गरेका हुन् । उनीहरुले क्षतिपूर्ति माग गर्ने क्रममा अस्पताल वरपरका सम्पूर्ण गमला फुटाएको अस्पताल प्रशासनको भनाई छ ।

टिप्पणीहरू