चिकित्सा शास्त्रका विद्यार्थीहरु महिनौंदेखि अस्पताल बाहिर

चिकित्सा शास्त्रका विद्यार्थीहरु महिनौंदेखि अस्पताल बाहिर

काठमाडौँको महाराजगञ्जस्थित चिकित्सकशास्त्र अध्ययन संस्थान डिनको कार्यालयमा एमबीबीएस, बीडीएसका विद्यार्थी एक महिनादेखि रिले अनसनमा बसेका छन् । 

गत जेठ ७ गतेदेखि संघर्ष समितिका आयोजक राजीव दासको नेतृत्वमा कालोब्यानर टाँसेर सुरु गरिएको रिले अनसन आज पनि जारी छ ।

उनीहरुले एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रम प्रथम फेज (प्रथम र दोस्रो वर्ष) मा अवरोध पुगेर तेस्रो वर्ष प्रवेश गर्नबाट वञ्चित विद्यार्थीलाई तत्काल मौका परीक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै एक महिनाअघि आन्दोलन थालेको बताउँछन् ।
 ं
मौका परीक्षाको व्यवस्था गर्न नसके विद्यार्थीले अध्ययन गर्न नपाएको तेस्रो, चौथो र पाँचौ वर्षको शिक्षण शुल्क फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

टिप्पणीहरू