राष्ट्रपति भोलि मात्रै अस्पतालबाट ‘डिस्चार्ज’ हुने

राष्ट्रपति भोलि मात्रै अस्पतालबाट ‘डिस्चार्ज’ हुने

स्वास्थ्य उपचारको क्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल भोलि मात्रै राष्ट्रपति निवास फर्कनुहुने भएको छ । मुटुको उपचारको क्रममा आज बिहान अस्पताल पुग्नुभएका राष्ट्रपतिको बन्द भएको भल्भ खोलिएको बताइएको छ । 

अस्पतालले आज जारी गरेको प्रेस नोटमा पनि २४ घण्टासम्म अवलोकनमा राखेर भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको उल्लेख छ । अस्पतालले नियमित स्वास्थ्य परीक्षणको क्रममा पुग्नुभएको र भर्ना हुनुभएको व्यहोरा मात्रै उल्लेख गरेको छ ।


 

टिप्पणीहरू