अस्ति टिचिङ जानुभएका राष्ट्रपति आज गंगालाल अस्पतालमा

अस्ति टिचिङ जानुभएका राष्ट्रपति आज गंगालाल अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडेल आज शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुग्नुभएको छ । राष्ट्रपति स्वास्थ्य परीक्षणका लागि आज दिउँसो साढे ३ बजे बाँसबारीस्थित गंगालाल अस्पतालमा मुटुरोग जाँचको निम्ति पुग्नुभएको बताइएको छ ।

झण्डै तीन घण्टाको परीक्षणपछि राष्ट्रपति शीतल निवास फर्कनुभएको हो । उहाँ साँझ साढे ६ बजेको हाराहारीमा राष्ट्रपति निवासमा पुग्नुभएको थियो । गत साता उहाँ घुँडाको एक्सरे गर्न महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानुभएको थियो । 

त्यसअघि वैशाख पहिलो साता १२ दिनसम्म नयाँ दिल्लीको अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइसेन्सेज (एम्स) मा भर्ना भएर उपचार गर्नुभएको थियो । त्यतिबेला उहाँलाई निमोनियाको कारण छातिमा इन्फेक्सन भएको चिकित्सकहरुले बताएका थिए ।

टिप्पणीहरू