अपराधमा विदेशीको बढ्दो संलग्नताले थपिएको चुनौती
काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसबाट हालै पाँच बंगलादेशी पक्राउ परे । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
बंगलादेशको चट्टोग्राम मोबारक गोनाका मोहमद मोस्ताफिजुर रहमान, चाँदपुर तोरागर हाजिगंजका मोहमद फरहाद हुसेन चोधुरी, हाजीगाउँ बाराकोलका अबु युसुफ एमडी हानिफ, मागुरा मागुरासदर थाना बेरोइलग्रामका मिल्टन भन्ने काजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा अजिम मोलिकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको थि…