सिरहामा ब्राउनसुगरसँगै ५५ लाखको बिटो

सिरहामा ब्राउनसुगरसँगै ५५ लाखको बिटो

सिरहामा प्रहरीले २ सय ग्राम ब्राउनसुगर र स्रोत नखलेको ५५ लाख रूपयाँ बरामद गरेको छ । लहान १२ स्थित भोटिया टोलमा गएराति पक्राउ परेका एक जनाको साथबाट उक्त परिमाणको ब्राउनसुगर र रुपैयाँ भेटिएको हो ।

भोलि पत्रकार सम्मेलनमा ती व्यक्ति, बरामद लागुऔषध तथा रकमबारे जानकारी दिइने जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता वीरेन्द्र पासवानले बताए । उनले भने, ‘पक्राउ परेका व्यक्तिबारे गोप्य अनुसन्धान अघि बढाइएको छ ।’

टिप्पणीहरू