सहकारी ठगीमा रविको गुहार सुन्दै पोखराको उच्च अदालत

सहकारी ठगीमा रविको गुहार सुन्दै पोखराको उच्च अदालत

सहकारी ठगी,संगठित अपराध र राज्यविरुद्धको कसूरमा भैरहवा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत,पोखरामा दायर गरेको पुनरावेदनउपर सुनुवाइ शुरु भएको छ । कान्छा न्यायाधीश नितिज राईद्वारा तोकिएको ६० लाख रुपैयाँ धरौटी बढी भएको र आफूलाई साधारण तारेखमा छोड्नुपर्ने मागसहित उच्चमा उनले हालेको पुनरावेदनमा आजदेखि सुनुवाइ थालिएको हो । 

मुख्यन्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासमा भएको सुनुवाइमा सरकारी वकिल दशरथ पंगेनीले मात्र बहस गर्न भ्याएका छन् । उच्चले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । स्रोत भन्छ,‘आजदेखि सुनुवाइ शुरु भएको छ । पहिलो दिन एक जना सरकारी वकिलले मात्र बहस गर्न भ्याउनुभयो । भोलि कन्टिन्यु हुन्छ ।’

टिप्पणीहरू