बुद्ध दर्शनका अध्यक्षद्वारा डेढ करोड ठगी
भक्तपुरको सल्लाघारीस्थित बुद्ध दर्शन पर्यटन सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ समातिएका छन् । डेढ करोडबढी रकम ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्रेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।
श्रेष्ठले एक करोड ५९ लाख रुपैयाँ ठगेको आरोप छ । ठगीसम्बन्धी कसुरमा उनीविरुद्ध गत चैत १९ गते जिल्ला अदालत भक्तपुरबाट पक्राउ पूर्जी जारी भएको थियो । श्रेष्ठलाई पक्राउ गरेर आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
टिप्पणीहरू