कांग्रेस सांसद राईविरुद्ध मुद्दा दर्ता, डेरामा बस्ने भाइले सहकारीमा जोडेको बयान
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज जिल्ला अदालतमा सांसद राईविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो । उक्त सहकारी ठगी प्रकरणमा गत पुसमा भूपू गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
त्यतिबेला उन्मुक्ति पाएकी राईमाथि छानविन गर्न नागरिकस्तरबाट दबाब बढेपछि प्रहरीले वैशाख १३ गते पक्राउ परेर अनुसन्धान अघि बढाएको थियो । आज सरकारी वकिलको कार्यालयले दर्ता गरेको पूरक अभियोजन पत्रमा राईविरुद्ध ३७ लाख ३५ हजार विगो मागदावी गरिएको छ ।
सांसद राई सहकारीको सहसचिव भएयता सात सय बचतकर्ताको एक अर्ब १९ करोड हिनामिना भएको अनुसन्धनबाट खुलेको छ । उनले आफ्नो कोठाको छेवैमा डेरा गरी बस्ने भुपेन्द्र राईको माध्यमबाट उक्त सहकारीसँग जोडिएको बयान प्रहरीसमक्ष दिएकी छन् ।


टिप्पणीहरू