धुलाबारीबाट समातिएका सात जनालाई काठमाडौं ल्याइयो

धुलाबारीबाट समातिएका सात जनालाई काठमाडौं ल्याइयो

वित्तीय अपराधमा संलग्न रहेको आरोपमा समातिएका सात जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले काठमाडौं ल्याएको छ । झापाको मेचीनगरस्थित धुलाबारी बजारबाट पक्राउ परेका उनीहरुलाई अनुसन्धानका निम्ति काठमाडौं ल्याइएको हो । 

पक्राउ पर्नेमा कविस मारु, अनुज मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन् । व्यापारिक र आयात निर्यात कार्यमा संलग्न उनीहरुले अर्बौं रुपैयाँको अवैध वित्तिय कारोबार गरेको फेला परेको सीआईबीले जनाएको छ । सीआईबीले अवैध वित्तिय कारोबारको आरोपमा यसअघि ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको थियो ।
 

टिप्पणीहरू