राजावादी प्रदर्शनमा झडप, कमल थापा पक्राउ
राजा फर्काउन अनिश्चितकालीन आन्दोलनमा होमिएका राजावादी र प्रहरीबीच झडप भएको छ । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न जान लागेका राजावादी आन्दोलनकारीलाई प्रहरीले रोकेपछि झडप भएको हो ।
नारायणचौरबाट नाराजुलुससहित बालुवाटारका लागि हिँडेका राजावादीहरुले जबर्जस्ती गरेपछि प्रहरीले लाठी चार्ज गर्दा केही घाइते भएका छन् । यद्यपि, बालुवाटार घेराउ गर्ने उनीहरुले प्रयास गरेका छन् ।
प्रदर्शनकारीलाई स्वयंसेवकले माइकिङ गरेर शान्तपूर्ण प्रदर्शन गर्न आग्रह गरिरहेक छन् भने…