कारागारमा कैदी मरेको घटना छानविन गर्न समिति गठन
कैलाली कारागारको थुनामा रहेका कैदीबन्दीको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न छानविन समिति गठन गरिएको छ ।
बैंकिङ्ग कसुरको अभियोगमा दोषी ठहर भई कारागारमा राखिएका डडेल्धुराका २८ वर्षीय एक युवकको सोमबार निधन भएको थियो । आइतबार कारागार चलान भएका उनको भोलिपल्टै निधन भएपछि घटनाको छानविन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको हो ।
सोमबार बिहान एकाएक बिरामी परेका ती युवाको साँझ उपचारका क्रममा धनगढी अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले यातना दिएर …