पत्रकार दिलभूषणसँग जोडिएका नारायण अर्याल पक्राउ

पत्रकार नारायण अर्याल पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरको कुपन्डोलबाट नियन्त्रणमा लिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका पुत्र जयवीर र हिल्टन होटलको विषयमा समाचार समाग्री बनाएको आरोपमा अस्ति पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । आज पक्राउ परेका अर्याल पाठकका सहकर्मी हुन् ।
उनी पाठकको युट्युब भिडियो बनाउने टिममा सामेल रहेको बताइएको छ । अर्याललाई समात्न आज बिहानैदेखि उनी बस्दै आएको कुपण्डोलस्थित घरमा सादा पोशाकका प्रहरी खटिएका थिए ।
टिप्पणीहरू