भ्रष्टाचारीले विद्यालय भवन र पाठ्यपुस्तक पनि छाडेनन्
विद्यालयको भवन निर्माण र पुस्तक खरिदमा भ्रष्टाचार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय खोटाङका पूर्वअधिकारीहरुविरुद्ध मुद्दा दर्ता भएको छ । दुई पूर्वजिल्ला शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
तत्कालीन जिल्ला शिक्षा अधिकारीहरु बालकृष्ण चापागाई र गणेशप्रसाद भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सबइन्जिनियर शिवराज राई, जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम्बर ब…