रुपन्देहीमा तस्करहरुको भागाभाग

रुपन्देही प्रहरीले चोरी तस्करी नियन्त्रणका लागि अभियान थालेको छ । प्रदीप क्षेत्रीले प्रमुख सम्हालेपछि यतिखेर तस्करहरुको भागाभाग चलेको छ । उनले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करीलाई शून्य बनाउने अभियान थालेसँगै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले दैनिकजसो सामान नियन्त्रणमा लिएको लामो प्रेस विज्ञप्ति जारी गर्न थालेको छ ।
करिब ६० किलोमिटर खुल्ला सीमाना रहेको रुपन्देहीको सीमावर्ती क्षेत्र एक महिना अघिसम्म खुलेआम तस्करी हुने ठाउँ हो । गत वैशाख २२ गतेदेखि जेठ २६ गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा भन्सार छलीको दुई करोड ५२ लाख ९३ हजार १११ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी, २१० जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । जसबाट १८ लाख ५४ हजार १९९ रुपैयाँ जरिवाना संकलन भएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न सवारीबाट ९ लाख ९१ हजार ५२६ रुपैयाँ जरिवानाबापत उठाइएको छ ।
कार्यालयमातहत रहेको ईलाका र चौकीमा रहेका इन्चार्जहरुको १० महिना पुग्न थालेको छ । जिल्लाका धेरै ईलाकामध्ये मर्चवारको मझगाव निकै चर्चित छ । पत्रकार राधेश्याम विश्वकर्मालाई दुव्र्यवहार गर्ने एक कपडा तस्करलाई त्यहाँबाट भगाइएको थियो । उक्त घटनालाई लिएर नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्मासहितले रुपन्देही प्रशासनमा धर्ना दिएका थिए ।
चर्को दबाबपछि इन्सपेक्टर सन्तोष बस्यालले उनलाई पक्राउ गरेका हुन् । उनीमाथि विभिन्न खालका आरोप लाग्दै आएको छ ।
टिप्पणीहरू