भारतीय महिलाको मलद्वारमा सुनको डल्ला
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय महिला अवैध सुनसहित समातिएकी छन् ।
एयर अरेबियाको उडानमा दुबईबाट आएकी मिना सुर्जित सिंहलाई एक किलो १५९ ग्राम सुनसहित विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले प्लास्टिकले बेरेको तीन वटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएकी थिइन् ।
ती महिलाले उक्त सुन कहाँ पुर्याउन खोजेकी हुन् भन्नेबारे केही खुलेको छैन । थप अनुसन्धानको लागि प्रहरीले भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
टिप्पणीहरू