बसका सहचालकको जिम्मामा १२ किलो चाँदीका गहना

बसका सहचालकको जिम्मामा १२ किलो चाँदीका गहना

प्रहरीले थानकोटमा १२ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको छ । वीरगञ्जबाट आएको बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिशकुमार सिंह पक्राउ परेका छन् ।

कलैयाका सिंह गएराति पक्राउ परेका हुन । प्रहरीका अनुसार उक्त बस चेकजाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम चाँदीका गहना फेला परेको हो । त्यसबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू