पूर्वश्रीमानद्वारा आमा र दुई छोरीको हत्या

पूर्वश्रीमानद्वारा आमा र दुई छोरीको हत्या

बुटवलमा एक आमासहित दुई बालिकाको हत्या भएको छ । होराइजन चोकस्थित मिलिजुली पथमा तीन जनाको गएराति विभत्स हत्या गरिएको छ । 

सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेकी महिला ३४ वर्षीया दीप बस्याललाई उनकै पूर्व श्रीमानले घरमा बोलाएर मारेका हुन् । आज बिहान ४ बजेतिर भएको घटनामा उनका ४ र ७ वर्षीया छोरीहरुको पनि हत्या गरिएको छ ।

अभियुक्त सुजन कोइराला यसअघि आफ्न दाजु मारेर जेल बसेपछि केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए । हत्यामा घरेलु हतियारको प्रयोग भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू