कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका पूर्व संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय समातिएका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो । रायमाथि बैंकमा संकलन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । 

उनलाई हिजो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको अभियोगमा नेपाल राष्ट्र बैंकको समन्वयमा उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ । 

राय २०७६ देखि ०७९ सालसम्म कर्णाली डेभलपमेन्ट बैंकको सीईओका रुपमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकले गत पुस १० गते यो बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । 

बैंकको रकम अपचलनमा पूर्व सीईओ नीरजविक्रम शाह, दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीको समेत संलग्नता देखिएको छ ।
 

टिप्पणीहरू