अख्तियारका प्रहरीद्वारा भर्खरै इन्जिनियर गिरफ्तार

अख्तियारका प्रहरीद्वारा भर्खरै इन्जिनियर गिरफ्तार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भर्खरै सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय,ओखलढुङ्गाका इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख ७० हजार घुस रकमसहित समातेर थप अनुसन्धानका निम्ति टङ्गालतिर लाँदैछ । 

यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस मागिरहेको सूचनाका आधारमा अख्तियारबाट खटिई गएको टोलीले निजलाई दसी प्रमाणसहित भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बाट एकछिनअगाडि नियन्त्रणमा लिएको बुझिएको छ ।

टिप्पणीहरू