ससुराको किरियामा जाँदै गरेकी बुहारीको सडकमै देहान्त
- यदुनाथ बन्जारा
मोटरसाइकल चलाउने र चढ्नेले सावधानी नअपनाउँदा हुने कतिपय घटनाले पुर्याउने पीडादायी र अपुरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्ता अधिकांश घटनापछि धिक्कार्नु सिवाय अरु उपाय हुँदैन । यस्तै पीडादायी घटनाको बज्रपात काभ्रेपलाञ्चोकको एउटा गौतम परिवारमा परेको छ ।
बेथानचोक गाउँपालिका २ का भीमप्रसाद गौतमका हृदयाघातका कारण मृत्यु भयो । भीप्रसादको असामयिक निधनपछि ससुराबाको काज किरियाको लागि मकवानपुरको फापरबारीबाट काभ्रेपलाञ्चोक जा…