स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौंको शंखरापुर नगरपालिकामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थीहरु पिकनिकबाट फर्कंदा बा.२ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो । 

नगरकोटबाट फर्कने क्रममा भएको बस दुर्घटनामा निधन भएकाको विवरण दिइएको छैन । प्रहरीका अनुसार ४० जना घाइते भएका छन् । तीमध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू