मोटरसाइकललाई ठक्कर दिएर मन्त्रीको गाडी सिंहदरबार छिर्यो

रक्षामन्त्री मानवीर राईको गाडीले माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
आज बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबारतर्फ हुइङ्किएको थियो ।
घटनामा मानवीय क्षति नभए पनि मोटरसाइकलमा क्षति पुगेको बताइएको छ । तर, त्यस क्षेत्रमा खटिएको ट्राफिक प्रहरीले भने यस विषयमा जानकारी नभएको बताएको छ ।
टिप्पणीहरू