आगलागीमा मन्त्रीको कार्यकक्ष मात्रै खरानी भएपछि आशंका

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगोबाट चार वटा कोठा जलेर नष्ट भएको छ । खानेपानी मन्त्रीको मुख्य कार्यकक्षसँगै थप तीन वटा कोठा क्षतिग्रस्त भएका हुन् ।
सिंहदरबार प्रहरीका अनुसार बिहान साढे आठ बजे आगलागी भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको भवनमा लागेको आगोको कारणबारे अनुसन्धान भइरहेको छ । विद्युत सर्ट भएर आगो लागेको बताइए पनि मन्त्रीको कार्यकक्षमात्रै जल्नुलाई ‘रहस्यमय’ ठानिएको छ ।
प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको र दुई जना कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको जनाइएको छ । त्यहाँका सुरक्षागार्डसँग सोधपुछ गरिएको छ भने सिसी क्यामेरा हेरिँदै छ ।
टिप्पणीहरू