चित्तल ठोक्किँदा गुडिरहेको अटोरिक्सा पल्टियो

चित्तल ठोक्किँदा गुडिरहेको अटोरिक्सा पल्टियो

हेटौँडामा गुडिरहेको अटोरिक्सामा चित्तल ठोक्किँदा पाँच जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका ९ मा भएको उक्त घटनामा अटो पल्टिएको छ ।

ना.२ ह २३६८  नम्बरको अटोरिक्सामा जंगलबाट निस्केको चित्तल ठोक्किँदा चालकसहित पाँच जना घाइते भएका हुन् । 

प्रहरीका अनुसार दुर्घटनामा हेटौँडा १२ बस्ने ४२ वर्षे चालक नरबहादुर तामाङ घाइते भएका छन् । त्यसैगरी ३० वर्षीया बिन्दा स्याङतान, २९ की रिता स्याङतान, ९ वर्षे रिदिक स्याङतान र १४ वर्षकी फरायरी बल घाइते छन् ।

टिप्पणीहरू