भाइरल रोडमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

कञ्चनपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा भएको दुर्घटनामा स्थानीय दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १३ का २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको ज्यान गएको हो ।
उनीहरु चढेको सु.प.प्र.–०१–०१२प ९२४९ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू