पेशा गर्ने ठाउँमै पार्टीको पकड
जेनजी आन्दोलनका कारण राजनीतिक सत्ता त फेरियो तर प्रशासन भने उही र उस्तै छ । निजामती होस् वा शिक्षक, डाक्टर हुन् वा वकिल सबैमा राजनीतिक दलको बोलवाला छ । यसरी दलको सदस्यता बोक्नेको संख्या कति होला ?
नेपालमा निजामती कर्मचारीको संख्या १ लाख ५० हजार, सरकारी शिक्षक २ लाख ९३ हजार, स्वास्थ्यकर्मी ४० हजार, इञ्जिनियर २७ सय हाराहारी छन् । यस हिसाबले झण्डै ५ लाख १० हजारले सरकारी तलब थाप्ने गर्दछन् । यीमध्ये झण्डै ४ लाख दलका सदस्य होलान् । निजामती सेवा ऐन २०४९ ले निजामती कर्मचा…