कर्मचारी गाउँसभामा खटिएपछि सिमकोटले दुई दिन सेवा बन्द गर्ने

कर्मचारी गाउँसभामा खटिएपछि सिमकोटले दुई दिन सेवा बन्द गर्ने

हुम्लाको सिमकोट गाउँपालिकाले दुई दिन सेवा बन्द गर्ने भएको छ । कार्यालयका कर्मचारी गाउँसभाको काममा खटिने भएकाले गाउँपालिकाले असार ९ र १० गते सेवा बन्द गर्ने निर्णय गरेको हो । 

आज सूचना प्रकाशित गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा कर्मचारीहरु लागेकाले कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

उनले उक्त दुई दिन गाउँसभासम्बन्धी कामबाहेक अन्य कामकाज गर्न गाह्रो पर्ने उल्लेख गर्दै यसबाट सेवाग्राहीमा पर्ने असरप्रति क्षमा मागेका छन् ।

टिप्पणीहरू