एमसीसीमा जागिर खुल्यो, युएसएड नेपालले पनि कर्मचारी माग्यो

एमसीसीमा जागिर खुल्यो, युएसएड नेपालले पनि कर्मचारी माग्यो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) ले कर्मचारी भर्नाको लागि विज्ञापन गरेको छ । एमसीए नेपालले आज तीन वटा पद रिक्त रहेकाले इच्छुक नेपालीलाई निवेदनको निम्ति आग्रह गरेको छ । 

एमसीसीले काठमाडौं कार्यालयको लागि मनिटरिङ एण्ड इभालुएसन विज्ञको पुनः विज्ञापन गरेको हो । त्यसैगरी काठमाडौंका लागि पावर सेक्टर रिफर्म विज्ञको पनि पुनः विज्ञापन गरेको बताइएको छ । यी दुवै पदमा कम्तीमा पाँच वर्षको अनुभव र स्नातकोत्तर योग्यता तोकिएको छ ।

त्यसैगरी काठमाडौं कार्यालयको निम्ति चालक पनि मागिएको छ । अंग्रेजी लेखपढ गर्न जान्ने र फोरह्विल सवारी साधन हाँक्नसक्ने चालकको योग्यता छ । त्यस्तै अमेरिकी सहयोग नियोग युएसएड नेपालले पनि रोजगारीको सूचना प्रकाशित गरेको छ । जसमा वातावरण विज्ञ र जनशक्ति व्यवस्थापन विज्ञ आवश्यक परेको उल्लेख छ ।

टिप्पणीहरू