न्याय सेवाका झन्डै डेढ सय कर्मचारी काजमा खटिए

न्याय सेवाका झन्डै डेढ सय कर्मचारी काजमा खटिए

सर्वोच्च अदालतले एकैपटक ठूलो संख्यामा कर्मचारीको काज सरुवा गरेको छ ।  सर्वोच्चले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १ सय ४३ जना कर्मचारीलाई काजमा खटाएको हो ।

सर्वोच्चको हिजोको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काज सरुवा गरिएको हो । राजपत्रांकित प्रथम श्रेणीका सहरजिष्ट्रार रामप्यारी सुनुवारलाई प्रशासकिय अदालतबाट उच्च अदालत जनकपुर सरुवा गरिएको छ ।

त्यस्तै, उच्च अदालत तुलसीपुरका सूर्यवंश शर्मा कँडेललाई सर्वोच्च ल्याइएको छ । सर्वोच्चका सहरजिष्टार विश्वजंग सिँजापति  उच्च अदालत जनकपुर सरुवा भएका छन् ।

सर्वोच्चका इजलास अधिकृत लोकनाथ पराजुलीलाई मनाङ जिल्ला अदालतको स्रेस्तेदार बनाएर पठाईएको छ । रोल्पा जिल्ला अदालतका स्रेस्तेदार प्रेम खड्कालाई उच्च अदालत पाटनको उप रजिष्टार बनाइएको छ । 

काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनी इजलास अधिकृत भएर सर्वोच्च पुगेका छन् ।  बाँके जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्ट उप रजिष्टार भएर पाटन उच्च अदालत सरुवा भएका छन् ।

टिप्पणीहरू