जीपी कोइरालाले कर्मचारी माग्यो

जीपी कोइरालाले कर्मचारी माग्यो

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले कर्मचारी माग गरेको छ । 

तनहुँको दुलेगौंडास्थित केन्द्रले आज विज्ञापन प्रकाशित गर्दै करारमा कर्मचारी मागेको हो । विज्ञापनमा विभिन्न १२ वटा पदका लागि २३ जना कर्मचारी चाहिएको उल्लेख छ । 

श्वासपश्वास विशेषज्ञ, फिजिसियन, जनरल सर्जन, पिडियाट्रिसियन, रेडियोलोजिष्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत, एनेस्थेसिया असिष्टेन्ट, स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब टेक्निसियन र अनमी कर्मचारी आवश्यक परेको केन्द्रले जनाएको छ । 

योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न भनिएको छ ।

टिप्पणीहरू