सुदूरपश्चिम विश्वविद्यालयलाई कर्मचारी चाहियो

सुदूरपश्चिम विश्वविद्यालयलाई कर्मचारी चाहियो

सुदूरपश्चिम विश्वविद्यालयले करार सेवामा कर्मचारी माग गरेको छ । 

आज सूचना प्रकाशित गर्दै विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदहरुमा करार सेवामा कर्मचारी मागेको हो । 

सूचनामा सहप्राध्यापकसहित १७ जनाका लागि आवेदन आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी भद्रौ १५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 

दरखास्त फाराम स्वास्थ्य विज्ञान संकायको वेबसाइटबाट डाउनलोड गर्न सकिने विश्वविद्यालयले जनाएको छ ।

टिप्पणीहरू