हराएका आधा दर्जन कर्मचारी खोज्दै सशस्त्र प्रहरी

हराएका आधा दर्जन कर्मचारी खोज्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले लामो समयदेखि काममा नगएका कर्मचारीको खोजी गर्न थालेको छ । सशस्त्र मुख्यालयले आज सार्वजनिक सूचना निकालेर आफू खुशी गैरहाजिर भएका सात जना कर्मचारीको खोजबिन सुरु गरेको हो । 

यसअघि पटक-पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा उनीहरुले अटेरी गरेपछि सात दिनको समय दिएर सशस्त्रले पुनः मौका दिएको जनाएको छ । बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्रदो स्पष्टीकरणसहित उपस्थित हुन पनि भनिएको छ  । 

‘आफू गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनुहोला, अन्यथा तपाईहरु सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधित) बमोजिम कारबाही भई जाने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनार्थ यसै सूचनाद्धारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपाल गण नं. ३ मोरङका जवान लक्ष्मण लिम्बु, नेपाल एपिएफ स्कुल सुरक्षा वेश कीर्तिपुरका जवान कपिल खत्री, २१ नम्बर गण ललितपुरका जवान पूर्णबहादुर तामाङ, ३ नम्बर गण मकवानपुरका जवान केशरबहादुर विष्टसँग स्पष्टीकरण मागिएको हो । 

त्यस्तै, ४९ नम्बर गण अछामका जवान नर साउद, नेपाल एपिएफ अस्पताल बल्खुका सहायक हवल्दार प्रतिक विक र गण नम्बर ९ काठमाडौंका सहायक हवल्दार विराज घिमिरे पनि लामो समयदेखि बेपत्ता रहेकाले स्पष्टीकरणसहित सम्पर्कमा आउन सूचनामार्फत निर्देशन दिइएको छ ।


 

टिप्पणीहरू