समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउन मन्त्रालयको निर्देशन

समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउन मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । 

कतिपय स्थानीय तहले समायोजन भएर गएका कर्मचारीलाई विभिन्न बहानामा फिर्ता पठाएको भन्दै मन्त्रालयले यसो नगर्न भनेको हो । मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहले फिर्ता पठाउनु उक्त कानूनी व्यवस्था प्रतिकूल हुने बताएको छ । 

साथै, समायोजन कर्मचारीलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न समेत भनिएको छ । 

‘कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका केही कर्मचारीलाई कतिपय स्थानीय तहले हाल विभिन्न बहानामा फिर्ता पठाएको बुझिन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानूनी व्यवस्थाबमोजिम समायोजन भएका कर्मचारीलाई उक्त कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गनै नमिल्ने भएकोले निजहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन अनुरोध छ ।’

टिप्पणीहरू