‘सतीले सरापेको देश’ भाषामा धनी हुँदै
– श्याम रिमाल
संसद् कहिले ‘आमनागरिक’ कि ‘सर्वसाधारण’ मा केन्द्रित हुन्छ त कहिले ‘चेलाचेली’ । कहिले ड्रेस कोडमा अल्झिन्छ त कहिले हाजिर गरेर भाग्नेलाई कस्ने उपायमा । आफूलाई ‘मान्य’, ‘माननीय’ भनाइरहनुपर्ने अरे । चाहिँ ‘प्रदेश नं १’ बल्ल बल्ल ‘कोशी’ मा पुग्यो तर पहिचानवादीको आक्रोशले अहिले सो क्षेत्र नै आतङ्कित छ । मूलतः ‘किरात प्रदेश’ तिनको माग छ जबकि ‘कोशी प्रद…