अध्यक्ष पाल एकल महिलाप्रति आसक्त
रौतहटको बृन्दावन नगरपालिका–७ का वडाध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौन प्रस्ताव राख्दै आएका छन् । पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइदिन्छु भन्दै धमैराकी एकल महिलालाई यौन प्रस्ताव गर्ने गरेको आरोप छ ।
६ वर्ष पहिला घर परिवार चलाउन श्रीमान्ले ३ लाख रूपैयाँ कर्जा लिएका थिए । १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको पाँच वर्षपछि श्रीमान्को मृत्यु भएको थियो । सो पैसा ब्याज र साँवासहित पाँच…