ब्रिटिस कलेजमा आगो लगाउने कुरा
काठमाडौंको थापाथलीस्थित प्रतिष्ठित द ब्रिटिश कलेजको विवादले शैक्षिक क्षेत्रलाई तताएको छ । शुल्क,कलेजका शैक्षिक कार्यक्रम र विषयलाई लिएर प्रशासन र विद्यार्थीबीच देखिएको चर्को विवाद कायम छ । कलेजले युएईको दुबईस्थित द वुलविच इन्स्टिच्युटमा इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्दै आएको विषय सबैभन्दा धेरै विवादमा तानिएको छ ।
इन्टर्नसिपको क्रममा काम नपाएको, व्यवस्थापन कमजोर रहेको र विद्यार्थीमाथि अन्याय गरिएको आरोप विद्यार्थीले लगाएका छन् । उक्त कलेजको विवाद शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसम्म पुगेपछि उक्त घटना र कलेजसँग जोडिएको नयाँ तथ्य सार्वजनिक भएको छ । विद्यार्थीहरुले कलेजसँग रकम ‘बार्गेनिङ’ गरेको आरोपसमेत लागेको छ ।
इन्टर्नसिपका लागि दुबई पुगेका विद्यार्थीलाई समेत फर्किन बाध्य पारेर कलेजविरुद्ध बोल्न लगाएको आरोप काठमाडौंमा रहेका केही विद्यार्थीमाथि लागेको छ । पहिलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नेपालको अगुवाईमा दुबई पुगेका केही विद्यार्थीलाईसमेत विभिन्न प्रलोभन तथा चेतावनीमा कलेजविरुद्ध अभिव्यक्ति दिन लगाएको अर्को पक्षको आरोप छ ।
भनिएको छ, ‘दुबईमा रहेका विद्यार्थीलाई कलेजले चार वटा इन्टर्नसिप उपलब्ध गराएकोमा उनीहरु काम नगरी नेपाल फर्किए ।’ प्रियंकाले सामाजिक सञ्जालमार्फत दुबईमा विद्यार्थीलाई ‘सानो काम लगाइएको’ र ‘श्रम शोषण गरिएको’ आरोप लगाएकी छन् । तर उनी भने हालसम्म दुबई नगएको बताइन्छ ।
लेखिएको छ,‘तिमीहरुको पैसा रिटर्न आएसी आगो लगाउने हो कलेजमा ।’ सो म्यासेज लेख्ने कलेजकै छात्रा विद्यार्थी हुन् । उनले जनआस्थासँग भनिन्,‘ग्रुपमा भनेको हो । तर, कलेजमा आगो त लगाएको छैन नि ।’
कलेज अधिकारीहरुले नेपालमै बसेर केही विद्यार्थीले भ्रम फैलाउँदै आफूले पहिले तिरेकोभन्दा बढी रकम मागेको दाबी गरेका छन् । कलेजबारे तटस्थ धारणा राख्ने विद्यार्थीलाईसमेत सामाजिक सञ्जालमार्फत् नकारात्मक ‘एक्सपोज’ गर्ने चेतावनी दिइएको उनीहरुको भनाइ छ । कलेजले लिँदै नलिएको शुल्कबारे पनि भ्रम फैलाइएको आरोप आन्दोलनरत विद्यार्थीहरुमाथि लागेको छ ।
कलेज शुल्क ६० लाख रुपैयाँ भनेर प्रचार गरिए पनि व्यवहारमा विद्यार्थीहरुले पहिलो वर्षमा दुई लाख रुपैयाँ बुझाएको जानकारी दिइएको छ । दोस्रो र तेस्रो वर्ष साढे सात लाख रुपैयाँ शुल्क तोकिएको छ । यसबीच विद्यार्थीहरुले दुर्गा प्रसाईंसमक्ष यथार्थभन्दा फरक कहानी सुनाएकाले त्यहाँबाट पनि उनीहरुले सोचेजस्तो सहयोग नपाएको कलेज स्रोतको दाबी छ ।
दुबईबाट फर्किएका केही विद्यार्थी र उनीहरुका अभिभावकसँग कलेज प्रशासनले छलफल गरेर समस्या समाधान गरिसकेको जानकारी दिएको छ । उनीहरुका अनुसार प्रियंकाको भनाइमा लागेका यसअघिका विद्यार्थीको संख्या पनि क्रमशः घट्दै गएको देखिन्छ । कतिपय विद्यार्थीले कलेजलाई बद्नाम गराउन सामाजिक सञ्जालमा नियोजित ढंगले अतिरञ्जित गतिविधि गराइएको आरोप लगाएका छन् । कलेज निर्देशक उपस्थित बैठकमा समेत आन्दोलित विद्यार्थीले अभद्र व्यवहार गरेपछि कर्मचारीहरु नै त्रसित भएका थिए ।
उनीहरुले बनाएको ‘रिफन्ड’ नामक ह्वाट्सएप ग्रुुपमा आगो लगाउनेसम्मका कुराकानी भएको देखिन्छ । लेखिएको छ,‘तिमीहरुको पैसा रिटर्न आएसी आगो लगाउने हो कलेजमा ।’ सो म्यासेज लेख्ने कलेजकै छात्रा विद्यार्थी हुन् । उनले जनआस्थासँग भनिन्,‘ग्रुपमा भनेको हो । तर, कलेजमा आगो त लगाएको छैन नि ।’
त्यस्तै, कलेजमा अपरिचित व्यक्तिहरु पठाएर कर्मचारीलाई धम्काउने र सवारी साधन तोडफोड गर्नेसम्मको कार्य भइसकेको छ । दुबईमा काम गरिरहेका विद्यार्थीहरुको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका कारण ती विद्यार्थीमाथि खतरा उत्पन्न हुने चिन्ता थपिदिएको छ ।
यसबीचमा शिक्षकलाई थर्काउने, कोठाभित्र थुन्नेलगायतका घटना पनि कलेजमा भइसकेको छ । प्रतिक्रिया दिएका विद्यार्थी र कलेज अधिकारीहरुले आफ्नो औपचारिक परिचय दिन चाहेनन् ।
टिप्पणीहरू