धाेती लगाएर सदरमुकाम जान सिकेकाे निर्देशन

धाेती लगाएर सदरमुकाम जान सिकेकाे निर्देशन

सिके राउत नेतृत्वको जनमत पार्टीले यस वर्षपनि ‘धोती दिवस’ मनाउने भएको छ । पुस १७ गते धोती लगाएर हरेक जिल्लाको सदरमुकाममा कार्यक्रम गर्न लागिएको हो । 

पार्टीको केन्द्रीय कार्यकारिणी समितिले सबै समितिलाई आज पत्राचार गर्दै धोती लगाएर कार्यक्रम गर्न निर्देशन दिएको छ । ‘२०८२–०९–१७ गते बिहीबारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्लास्तरीय सदरमुकाममा राष्ट्रिय पोशाक (धोती) आ–आफ्नो मौलिकता झल्किने धोतीकुर्ता आदि पोशाक लगाएर कार्यक्रम गर्नहुन...’,सूचना उल्लेख छ । 

जनमत पार्टीले हरेक वर्ष नयाँ अंग्रेजी वर्षको अवसरमा धोती दिवस मनाउँदै आएको छ । पुस १७ गतेदेखि नयाँ वर्ष सन् २०२६ शुरु हुँदैछ ।

टिप्पणीहरू