शीतलहरले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शीतलहरले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पछिल्लो तीन दिनदेखिको भारी शीतलहरका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गतको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । एकतर्फी सवारी आवतजावत भइरहेको अवस्थामा शीतलहरका कारण सडकमा सवारी साधन चिप्लिने भएको हो । 

नारायणघाट बुटवल सडक योजना (पश्चिम खण्ड) ले आज एक सूचना जारी गर्दै सवारी चालकहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । ‘विगत तीन दिनदेखि परेको भारी शीतलहरका कारण दाउन्ने खण्डको सडक सतह अत्यन्त चिप्लो भई साना तथा ठूला सवारी साधनहरु चिप्लिने, अड्किने तथा बिग्रिने कारणहरुले गर्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा गर्न कठिन भएको व्यहोरा जानकारी गराइन्छ’,सूचनामा उल्लेख छ । 

त्यस्तै, योजनाले ट्राफिक लेनको पूर्ण पालना गर्न सूचित गराएको छ । दाउन्ने सडकखण्डमा कल्भर्टको निर्माण भइरहेकाले केही समयदेखि एकतर्फी मात्र आवतजावत भइरहेको थियो । शीतलहरपछि त्योपनि बन्द भएको छ ।

टिप्पणीहरू