बिहेका बग्गी र उनैलाई बढुवा

बिहेका बग्गी र उनैलाई बढुवा

एउटा सानो सिपाही । मैले धेरै पक्षपाती देखेको छु । यसबारे कोही बोल्दैन । मेरो कमाण्डरले पनि केही बोलेन । बरु उसैलाई पदोन्नति गराउन सहयोग गरिरहेको छ । ठुल्ठूला मान्छेले यसमा दोष देख्दैनन् । हामी नै उल्टै सधैँ दण्डित हुने गर्छौं । नाम सुबेदार गोविन्द खड्का हो । उनलाई लप्टनमा बढुवा गर्न लबिङ भइरहेको छ ।

जर्साबको छोरा र छोरीलाई घोडसवारी सिकाएकै भरमा पदोन्नति दिने ? बाहिरका विभिन्न सिभिलियन क्लबमा गएर घोडसवारी सिकाउनु जायज छ ? जाने, बग्गी चलाउने र धेरै मानिसबाट विभिन्न शीर्षकमा पैसा पनि लिने । के नेपाली सेनाले आफ्ना मान्छेलाई यस्तो काम गर्न दिन्छ ? डाक्टरलाई जस्तै दुईतिरैबाट कमाउन दिन्छ ? केही तस्बिर छन् उनले सिभिलियन बग्गी चलाउँदै गरेको र विवाहमा जाँदै गरेको ।

उनी पहिले हावा घोडाको अस्तबलमा जान्थे, सेनापतिले थाहा पाए पनि केही गरेनन् । अहिले एन्जिल घोडा अस्तबलमा जाँदा र कसैले जाँच गर्दैनन् । जहिले पनि भन्छन्– कमाण्डर खड्का र म पनि खड्का हुँ । थाहा छैन कमाण्डरलाई के व्यक्तिगत फाइदा छ । 
 

टिप्पणीहरू