अर्बौं चुना लाउने त्यो सूचना
संयोग यस्तो पर्यो कि स्याल कराउनु र कुखुरा हराउनु एकैपटक । बजेट ल्याइनु १६ दिनअगाडिमात्रै माओवादीनिकट सहसचिवको रूपमा चिनिएका चक्र बूढालाई भन्सारबाट पर्यटनतिर खेदियो, निमित्तको जिम्मेवारी पाएका रमेश अर्याललाई यही संवेदनशील घडीमा अष्ट्रेलिया पठाइयो र अर्थमा कार्यरत दर्जनौं स्थायी, उत्तिकै हाराहारीका अस्थायी र करारका कर्मचारीलाई बाइपास गरी भन्सारबाट भूपू भइसकेका सुुब्बा रामकृष्ण श्रेष्ठलाई बजेटको मस्यौदा टाइप गर्न खटाइयो । यही समयमा एकै पटक ११ सय ५५ विद्युतीय सवारी…