पशुपतिनाथ, रातारात भिआइपीहरूको जगन्नाथ

सुनको पातामा खोपियो क–कसको नाम ?

पशुपतिनाथ, रातारात भिआइपीहरूको जगन्नाथ

पशुपतिनाथको शिवलिंगमा जडान गरिएको सुनको जलहारीबारे सांसद लेखनाथ दाहालले कुरामात्रै उठाउँदा एमाले यसरी तात्तियो– मानौं त्यो कुरा संसदको रेकर्डमा बस्दा पनि समस्यामा परिन्छ । रेकर्डबाट हटाएपछि एमालेले संसद त चल्न दियो तर झण्डै–झण्डै सेलाएको जलहारी प्रकरणको चर्चा बढ्न थालेको छ ।

त्यहाँ जलहारी हाल्दा उब्रेको १० किलो सुनबारे परेको उजुरीउपर अख्तियारले छानबिन गर्न किन बिलम्ब गरिरहेको छ ? यो प्रश्न अहिले व्यापक बनेको हो । भनिन्छ, छानबिन गर्ने कुरामै आपत्ति जनाउनुपर्ने, उफ्रिपाफ्री गर्नुपर्ने अवस्था थिएन । जलहारी टक्सारले बनाएको हो, त्यसको भिडियो रेकर्ड छ । त्यसमा भएको त्रुटि हो, रातारात बनाइयो र राष्ट्रपतिबाट उद्घाटन गराइयो । देशका आवश्यकता र प्राथमिकता अरु नै थिए । त्यस्तो अवस्थामा जलहारी जडान गरिनु उचित थियो कि थिएन ? १० किलो पाता राष्ट्रबैंकलाई नफर्काई राख्नु ठीक थियो कि थिएन ? त्यसमा पित्तल जडान गरिएको कुरा उठेको छ । त्योचाहिँ सुन गल्दैन भनेर गरिएको हो ।

त्यति गर्दा पनि सरसफाइका क्रममा चुच्चो निस्किएर भट्टहरूको हात र पैताला काटिरहेको छ । पहिला जडान गरिएको चाँदीको जलहारी चुहियो, फाट्यो भनेपछि प्रधानमन्त्री रहेकै बेला केपी ओलीले त्यहाँको किताबमा सरकारले जलहारी जडानका लागि रकम दिने वचन लेखिदिनुभयो । त्यसबेला पशुपति क्षेत्र विकास कोषको खातामा ५० करोड रूपैयाँ थियो । नेपाल सरकारले ३० करोड रूपैयाँ सीधै राष्ट्रबैंकबाट दियो । पहिला सुन बजारबाट खरिद गर्ने भनियो । तर, कोषको बैठकमा कुरा उठ्यो, ‘संस्थागत रूपमा किनौं, राष्ट्रबैंकको ट्रेजरीमा रकम दाखिला गरेर खरिद गरौं ।’ नत्र, त्यसअघि नै सुन व्यवसायीलाई चिठी लेख्ने काम भइसकेको थियो । सुनको जलहारी हाल्ने विषयमा कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यहरू सर्वोच्च अदालत गएका थिए । अदालतमा छलफल होला र काम रोकिएला भनेर राम्रोसँग फिनिसिङ नहुँदै जलहारी जडान गरियो ।

त्यो पित्तलको त थिएन, तर २४ क्यारेटको सुनलाई २२ क्यारेट बनाएर तामा र चाँदी हालिएको छ । अर्थात्, हाल्ने विधि नपु¥याइएको हो । साँझ ९६ किलोभन्दा केही बढी सुनको मुचुल्का गरियो । भोलिपल्ट राति बाँकी सुन त्यहीँ चढाइयो । पछि कारखानामा लगेर पेटी बनाइयो । त्यो पनि हालियो । प्रश्न उठेको छ कि, पहिल्यैको पेटी हालिएको हो कि ९६ किलोमध्येको हो ? २०७७ फागुन १२ गते जलहारी हालिएको थियो भने २० गते पेटी हालिएको हो । त्यहाँ १ सय ३ किलो ७ सय ७३ ग्राम सुन हालिएको दावी पशुपतिक्षेत्र विकास कोषको छ । त्यसमध्ये २ किलो ८ सय ९० ग्राम तामा, १ किलो २ सय ४९ ग्राम चाँदी र १२ किलो ७ सय ५० ग्राम जिंक मिसाएर २२ क्यारेटको सुन १ सय ७ किलो ४ सय ९० ग्रामको जलहारी बनाइएको कोषको दावी छ । त्यसमध्ये ९६ किलो ५ सय १४ ग्राम सुनको जलहारी बनाइएको मात्र पुष्टी हुने आधार कोषले दियो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार ११ किलो सुन प्रयोग भएको पुष्टी हुने आधार छैन । 

यही विषयमा मुद्दा प¥यो । तर, कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापा र अख्तियारका आयुक्त जयबहादुर चन्दबीचको घनिष्ठताका कारण त्यसबारे परेको उजुरी अख्तियारले लामो समयदेखि आलटाल गर्दै आएको आरोप छ । जानकारहरू भन्छन्, ज्यालामा बदमासी भएको छ । दानमा आएको एक केजी सुनमध्ये मूलभट्टले कसैलाई अलिकति काटेर औंठी बनाइदिएको पनि भनिएको छ ।

एउटै मान्छेले एक किलो दिएको छ भने अरुले कति दिए ? त्यो प्रष्ट छैन । ज्यालामा मीनबहादुर गुरुङले करोड खर्च गरे कि सवा करोड खर्च गरे भन्ने पारदर्शी छैन । अर्थात्, आम्दानी, खर्च नै बाँधिएको छैन । जडानका लागि ‘थर्ड पार्टी कन्ट्र्याक्ट गरौं’ भनिएको छ । 

अख्तियारमा परेको उजुरीका आधारमा उसले ३४–३५ जनाको बयान लियो । तर, अझै मुद्दा अघि बढेको छैन । मिलन थापा, प्रदीप ढकाल, घनश्याम खतिवडाहरूलाई दोहो¥याएर बयान लिइएको छ । मुद्दा पनि तयार छ तर दर्ता गरिँदैन । अख्तियारले सुन खोतल्ने कामसमेत गरेको छैन । त्यो काम अदालतले गरोस् भन्ने उसको मनशाय छ । 

अर्को अचम्म के छ भने, राष्ट्रको सम्पत्तिमा व्यक्तिको नाम लेखाइयो । जलहारी जडानको काम सकिएपछि त्यसको तल्लो भागमा तत्कालिन राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलन ढकालको नाम लेखिएको छ । 

अर्कातिर, सरकारले गरेको खर्च कटौतीको बहानामा हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा पिउने पानीसमेत बन्द गरिएको छ । एसएसपी होम ज्ञवाली, गणेश मल्लहरूको योजनामा चिया, पानी र खाजा बन्द गरिँदा कर्मचारीहरू काकाकुल छन् । खासमा आइजी राजु अर्यालले घुस नखाने भएपछि बजेटमा एकल दोहन गर्ने काम भइरहेको भनी हल्चोकतिर चर्चा गरिन्छ । 

त्यस्तै, सशस्त्रका विभिन्न गणको कमाण्ड गर्न जाने डिएसपीहरूको पूर्वानुमान सूची बनाउन थालिएको छ । पछिल्लो समय गण कमाण्डमा गएकाहरूको अवधी ६ महिना भयो । उनीहरू माघमा गएका हुन् ।
 

टिप्पणीहरू