नाममा त्यस्तो के छ हजुर !
दिलकुमारी रावल थापा, पार्वती –यो नाम मिडियामा देखेपछि मलाई हाँसो उठ्छ र टिठ पनि लाग्छ । हाँसो यस अर्थमा कि राष्ट्रियसभा सदस्य दिलकुमारीको माइतीको थर रावल हो कि थापा ? राजकीय मामिलाहरूमा कसैको आधिकारिक (अफिसियल) नाम प्रयोग गर्ने हो तर राष्ट्रियसभाले नै नाममा पार्वती पनि झुण्ड्याइदिएपछि दिलकुमारी भनेर चिन्ने कि पार्वती ? टिठ लागेको चाहिँ मिडियाले आधिकारिक नाम प्रयोग गर्न छाडेर यस्तै घरमा बोलाइने, साथीहरूले बोलाउने नाम वा उपनाम राख्दै जाने हो र ? त्यसो भए बाबुराम…