टेलिकमको काम, मुखमा माड जाम
नेपाल टेलिकमको फाइबरमा काम गरेकाहरूले लामो समयदेखि ज्याला पाएका छैनन् । उनीहरू कानुनी उपचार खोज्ने तयारीमा छन् ।
चन्द्रगढी झापादेखि इलामसम्म नेपाल टेलिकमको अप्टिकल फाइबर लाइन बिछ्याउने ठेक्का लिएका राम्चे निर्माण सेवाका प्रोप्राइटर मोहन खत्री दाहालले कामदारको लाखौं रकम नदिएको पीडित कामदारले बताएका छन् । काम गरेको पैसा माग्दा पनि पटक–पटक ढाँट्ने गरेको पीडितहरूको गुनासो छ । चार लाख रूपैयाँको चेक दिएको तर खातामा पैसा नभएपछि नसाटिएको इलाम नगरपालिका–१० …